गरिमा विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिन समय लम्बिएको छ ।
बैंकले मंसिर १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा छोटो अवधि अर्थात चार कारोबार दिनमा सबै ऋणपत्र बिक्रीका लागि खरीद माग नपरेपछि ढिलो मितिसम्म लम्बिएको हो ।
अब लगानीकर्ताले ढिलोमा पुस १ गतेसम्म आवेदन गर्न सक्नेछन् भने सो समयभन्दा अगावै सबै ऋणपत्र बिक्री भएको खण्डमा भने भने बैंकले सार्वजनिक सूचना मार्फत सार्वजनिक निष्काशन बिक्री बन्द भएको जानकारी दिनेछ ।
बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदर दिनेगरी ७ वर्ष अवधिमा परिपक्क हुने एक अर्ब रुपैयाँ बराबरको ‘८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५’ बिक्रीमा ल्याएको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा १० लाख कित्ता ऋणपत्र जारी गरेको हो । जसमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता (सामूहिक लगानी कोषका लागि छुट्याइएको २० हजार कित्ता सहित) सर्वसाधारणलाई र ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री हुनेछ ।
लगानीकर्ताले मेरो सेयरको मोवाइल एप तथा वेवसाइटबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । यसका अलवा सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
क्रेडिट रेटिङ्गमा इक्रा नेपालले निष्काशन गरेको ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी आईआर त्रिपल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया