सुनचाँदीको मूल्य स्थीर, यस्तो छ बजार भाउ

0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थीर बनेको छ ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २०० रुपैयाँ कायम गरिएको छ ।

सुनचाँदीको कारोबार आइतबार पनि सोही मूल्यमा भएको थियो ।

महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८२ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.४७ डलर आसपासमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतिऔँस एक हजार ७८३ डलर र चाँदी प्रतिऔँस २२.५४ डलर आसपासमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७८, सोमबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।