
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) को प्रस्तावित १५.८७ प्रतिशत लाभांश अनुमोदन भएको छ ।
कम्पनीको आइतबार सम्पन्न १४ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा सम्पन्न उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षय प्रस्तुत गरेको २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षकको प्रतिवेदनसहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसूचीहरु सहितको वित्तीय विवरण पनि छलफल गरि पारित गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया