कुमारी बैंकले नेपालमै पहिलो पटक सुरु गर्यो फोनलोन इ.एम.आई सेवा

0
Shares

कुमारी बैंक(LBL) ले फोन लोन कर्जामा थप सुविधा प्रदान गर्न इ.एम.आई. भुक्तानी सेवा सुरु गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक उक्त सेवा सुरु गरेको हो । एफवान सफ्ट प्राइभेट लिमिटेडसँगको सहकार्यमा फोनलोन इ.एम.आई सुविधा सुरु गरिएको बैंकले जनाएको छ ।

आफ्नो सेवा डिजीटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सजग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले फोनलोन इ.एम.आई सूविधा संचालनमा ल्याएको जानकारी दिएको छ।

बैंकमा विभिन्न तलव खाता भएका ग्राहकहरुले न्यूनतम १ हजार देखि अधिकतम २ लाख सम्म कुमारी स्मार्ट मोबाइल बैंकङिबाट कुनै धितो वा कागजी प्रक्रिया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्ने सक्ने छन् । उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिना मध्य एक अवधि छनोट गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाले सानातिना व्यक्तिगत आकस्मिक खर्चहरु पूर्ती गर्ने बैंकमा तलब खाता भएका ग्राहकलाई सहज हुने बैंैकका कार्यवहाक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बताएका छन् ।

यसका साथै आगामी दिनमा यस फोनेलोन सेवालाई अझ विस्तारित र विकसित गर्दै लगिने बैंकका चिफ डिजिटल बैंकीङ अनिस ताम्राकारले जनाए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।