आँखुखोलाको सञ्चालक रजनी बस्नेतको राजीनामा स्वीकृत

0
Shares

आँखुखोला जलविद्युत कम्पनीको सञ्चालक रजनी बस्नेत (केसी) को राजीमा स्वीकृत भएको छ । 

कम्पनी सञ्चालक समितिको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको हो ।

कम्पनीले नेप्से मार्फत जानकारी गराएको सूचना अनुसार उनले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट कम्पनीमा सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आइरहेकी थिइन् ।

आँखुखोला जलविद्युत् कम्पनीको सञ्चालक बस्नेतले आफ्नो कार्यव्यस्थताको कारण देखाई राजीनामा दिएका थिइन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७८, सोमबार  १२ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।