चीनको केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न १.२ ट्रिलियन युआन वित्तीय प्रणालीमा पठाउने

0
Shares

चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले तरलता अभाव व्यवस्थापन गर्नका लागि १.२ ट्रिलियन युआन (१८८.१९ बिलियन अमेरिकी डलर) को तरलता पठाउने भएको छ ।

चिनियाँ अर्थतन्त्रलाई टेवा पु¥याउन तथा व्यवसायीहरूको वित्तीय लागत घटाउनको लागि पीबीओसीले वित्तीय प्रणालीमा सो रकम बराबरको तरलता प्रवाह गर्ने भएको हो ।

जारी विज्ञप्ति अनुसार पीबीओसीले यहि डिसेम्बर १५, २०२१ देखि बैंकहरूको रिजर्भ रिक्वायरमेन्ट रेसियो ०.५ प्रतिशत बिन्दुले घटाउन लागेको हो । जसले सम्पूर्ण बैंकिङ्ग प्रणालीका औसत रिजर्भ रिक्वायरमेन्ट रेसियो ८.४० प्रतिशतमा ल्याउनेछ । यो कटौति रिजर्भ रिक्वायरमेन्ट रेसियो ५ प्रतिशतभन्दा कम भएका काउन्टीस्तरका ग्रामीण ऋणदाताहरूमा लागू हुने छैन ।

डिसेम्बर १५ देखि कार्यान्वयनमा आउने यो कटौतिले बजारमा तरलता व्यवस्थापनको लागि वित्तीय प्रणालीमा संयुक्त १.२ ट्रिलियन युआन (१८८.१९ बिलियन अमेरिकी डलर) को तरलता जारी हुने पीबीओसीले जनाएको छ ।  यो कटौतिले प्रुडेन्ट मौद्रिक नीतिको अडानलाई परिवर्तन नगरी बैंकहरुलाई अल्प तथा मध्यकालीन ऋण प्रवाह गर्न सहजता प्रदान गर्दछ ।

चिनियाँ केन्द्र बैंकका प्रमुख ली केकियाङले आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभालाई रिजर्भ रिक्वाएरमेन्ट रेसियो कटौति गर्नुको मुख्य ध्यय साना व्यवसायहरूलाई समर्थन गर्नु रहेको बताएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७८, सोमबार  १७ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।