प्राइम कमर्सियल बैंक (PCBL) को १६.६३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले पुस ६ गते आह्वान गरेको १४ औं वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २२ गते बुधबार शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने निणर्य गरेको छ ।
यस अनुसार मंसिर २१ गते मंगलबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंक सञ्चालक समितिको शुक्रबार सम्पन्न ४३४ औं बैठकले बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा पुस ६ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट १४ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।
भिडियो कन्फ्रेन्स मार्फत सहभागिताका लागि शेयरधनीहरुलाई बैंकले जुम आईडी र पासकोड उपलब्ध गराउने व्यवस्था गरेको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।
यसैगरी प्राइम कमर्सियल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि सभामा रहेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया