नेपाल बैंकको सेयरमूल्य मूल्य समायोजन

0
Shares

नेपाल बैंक लिमिटेड (NBL) को मंसिर २१ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंगलबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको हो ।

बैंकको १४ प्रतिशत बोनस सेयर समायोजन गरी नेप्सेले प्रतिकित्ता सेयरमूल्य ३७८.६८ रुपैयाँ निर्धारण गरेको छ ।

नेप्सेले अघिल्लो कारोबार दिन सोमबारको अन्तिम मूल्यका आधारमा सेयरमूल्य समायोजन गरेको हो । सोमबार बैंकको प्रतिकित्ता ४३१.७० रुपैयाँमा अन्तिम पटक सेयर कारोबार भएको थियो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २ गते, शुक्रबार, आफ्नो प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा ६२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

हाल १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १४ प्रतिशत बोनस सेयर वितरणपछि १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ मंसिर २०७८, मंगलबार  १० : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।