मनकामना स्मार्ट लघुवित्तलाई २ करोड ५ लाख लाभांश बाँड्न अनुमति

0
Shares

नेपाल राष्ट्र बैंकले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई २ करोड ९५ हजार ५०० रुपैयाँ बराबरको लाभांश शेयरधनीलाई वितरण गर्न अनुमति दिएको छ ।

केन्द्रीय बैंकले लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १७ प्रतिशतले हुन आउने बोनस शेयर वितरण गर्न मंसिर २० गते अनुमति दिएको हो ।

भर्खरै आइपीओ निकालेको मनकामना स्मार्ट लघुवित्तले गर्यो लाभांश प्रस्ताव

लघुवित्तको सञ्चालक समितिको कात्तिक १६ गते सम्पन्न बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेर स्वीकृतिका लागि राष्ट्र बैंकको अनुमति माग्ने निर्णय गरेको थियो ।

लघुवित्तको प्रस्तावित लाभांश बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको चुक्ता पूँजी रहेको लघुवित्तको प्रस्तावित १७ प्रतिशत बोनस शेयर वितरणपछि १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

लघुवित्तले सर्वसाधारणमा हालसालै मात्र शेयर जारी गरेर धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार सुरु भएको छ । कम्पनीले शेयर लगानीकर्तालाई गत असार १७ देखि २१ गतेसम्म ३ लाख ८९ हजार कित्ता शेयर जारी गरेर असार २८ गते बाँडफाँड गरेको थियो । धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर साउन २० गतेदेखि कारोबार हुँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ मंसिर २०७८, मंगलबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।