एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले ८७ हजार १०० कित्ता संस्थापक सेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ ।
बैंकले मंगलबार सूचना जारी गर्दै तीन जना संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागिएको जनाएको हो । जसमा बैंकका संस्थापक सेयरधनी शेखर राज बस्ताकोटीको नाममा रहेको ७० हजार कित्ता, इन्दु तुलाधरको नाममा रहेको १० हजार कित्ता र दिपक कुमार सरावगीको नाममा रहेको ७ हजार १०० कित्ता सेयर रहेको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय विर्तामोड, झापामा सम्पर्क गर्न सक्नेछन् ।
संस्थापक सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । यसअनुसार अंकित मुल्य एक सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक मूल्यमा आफुले खरीद गर्न चाहेको सेयर संख्या र भाउ कबुल गरी बोलपत्र पेश गर्न सकिनेछन् ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियम अनुसार बैंकले अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया