नेपाल प्रहरीले स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित सर्लाहीका एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंको दबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित सोही पसलका मनेजेरलाई शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं सामाखुसी बस्ने सर्लाहीको बरथवा घर भएका २२ वर्षीय होरोसी खनाल रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा १ हजार दरको ४९ लाख रुपैयाँ र ५ सय दरको २० लाख ५० हजार रुपैयाँ गरी उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो ।
खनाललाई आवश्यक कारवाहीका लागि सम्पत्ती शुद्धिकरण बिभाग पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया