टाटा मोटर्सले २०२२ देखि सबै व्यवसायिक सवारीको मूल्य वृद्धि गर्ने

0
Shares

भारतको सबैभन्दा ठूलो व्यावसायिक सवारी साधन निर्माता टाटा मोटर्सले अंग्रेजी नयाँ वर्ष सन् २०२२ देखि सबै खालका व्यवसायिक सवारी साधनहरूको मूल्य बढाउने भएको छ ।

टाटा मोटर्सले जनवरी १, २०२२ देखि सबै व्यवसायिक मोडेलका गाडीहरुमा २.५% ले मूल्य वृद्धि गर्ने जनाएको हो । गाडीहरुमा प्रयोग हुने स्टिल, आल्मुनियम र अन्य बहुमूल्य धातु जस्ता वस्तुमा भएको मूल्य वृद्धि तथा अन्य कच्चा पदार्थको मूल्यमा भएको वृद्धिले लागत बढ्दा भाउ बढाउनुपरेको कम्पनीको भनाई छ ।

सवारी साधनको भारवाहन क्षमताका आधारमा मध्यम तथा मालवाहक सवारी साधन (एमएन्डएचसीभी), मध्यम तथा हलुका व्यवसायिक सवारीसाधन (आइएन्डएलसीभी), साना तथा घरेलु व्यवसायिक साधन (एलसीभी), बस र आधारभूत व्यक्तिगत मोडेलका गाडीहरुमा २.५% ले मूल्य वृद्धि हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसअघि कार निर्मातामा अब्बल रहेको मारुती सुजुकी इन्डिया तथा लक्जरी कार निर्माताहरू मर्सिडीज बेन्ज र अउडीले पनि गत साता नै बढ्दो निमार्ण लागत र फिचर वृद्धि लागतहरू समायेजन गर्दै जनवरीदेखि मूल्य बढाउने जनाइसकेका छन् ।

कार निर्माता मारुती सुजुकीले पनि गत महिना बढ्दो निमार्ण लागतको दबाबले आफ्ना गाडीहरूको मूल्य २ प्रतिशतले बढाएको छ । कम्पनीले यसअघि गत जनवरीमा १.४, अप्रिलमा १.६ र सेप्टेम्बरमा १.९ गरी कुल ४.९ प्रतिशतले मूल्य बढाइसकेको छ । कम्पनीले दिल्लीको शोरूममा नै ह्याचब्याक अल्टो देखि स्पोर्ट युटिलिटी भेइकल (एसयूभि) ३.१५ लाख देखि १२.५६ लाख भारुमा बिक्री गर्दै आइरहेको छ ।

अर्कोतर्फ, अउडीले आगामी जनवरीदेखि लागू हुनेगरी ३ प्रतिशत मूल्य बढाउने भएको छ । कम्पनीले निमार्ण र सञ्चालन लागत बढेपछि आफ्ना सम्पूर्ण मोडेलमा मूल्य वृद्धि गरेको हो ।

मर्सिडीज बेन्जले पनि केही मोडेलहरूको जनवरी १, २०२२ देखि लागू हुन गरी मूल्य परिमार्जन गरेको छ । कम्पनीले आफ्ना केही मोडेलहरूको एक्स शोरूम मूल्यमा माथिल्लो मूल्यमा २ प्रतिशत बढाएको छ । कम्पनीले निमार्ण लागत र थप फिचर संवद्र्धनको लागत घटाउन मूल्यलाई परिमार्जन गरेको उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २१ मंसिर २०७८, मंगलबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।