आन्तरिक राजस्व विभाग अन्तर्गतको डडेल्धुरा राजस्व कार्यालयले करोडौ रुपैयाँ बराबरको सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिएको छ ।
कार्यालयले राजस्व छली गरेर भारतदेखि ल्याइएको सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिएको हो ।
आन्तरिक राजस्व कार्यालय डडेल्धुराका अनुसार भारतबाट स्टीकर नभएको सुर्ती, सुपारी र बिडी लगायतका वस्तु भन्सार छली भित्राउने क्रम बढेको छ । भारतबाट अन्त:शुल्क स्टीकर नभएको सुर्ती, सुपारी र बिडी आयत भएको भेटिएपछि कार्यालयले नियन्त्रणमा लिन थालेको हो ।
नेपालमा बिक्री हुने सुर्तिजन्य पदार्थका आफ्नै नियमहरु छन् । स्वास्थ्यको लागि हानिकारक छ भनेर सन्देशमुलक फोटोहरु हालेको हुनुपर्छ । तर, अन्य देशमा प्याकिङ गरेको सुर्तिजन्य पदार्थ नेपालको नियम अनुसार हुँदैन ।
केही समय अघि मात्र विभागकै सक्रियतामा नक्कली अन्त:शुल्क स्टीकर प्रयोग गर्ने कम्पनी तथा व्यक्तिलाई कारबाही गर्दै आएको छ । अन्त:शुल्कको सन्दर्भमा कानुन विपरितका काम कारबाही नियन्त्रणका लागि विभागले सक्रिय बढाएसँगै अन्त:शुल्क मार्फत राज्यलाई हुने आम्दानी पनि करिब ३० प्रतिशतले बढेको विभागले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया