प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई समुन्नत स्कीम १को बुधबार मूल्य समायोजन भएको छ ।
दुबै कम्पनीले लाभांश वितरणका लागि मंसिर २२ गते बुधबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मूल्य समायोजन गरेको हो ।
नेप्सेमा प्राइमको १६ प्रतिशत बोनस र ग्लोबल आइएमई समुन्नत स्कीमको १०० प्रतिशत नगद लाभांशपछि मूल्य समायोजन भएको हो ।
बैंकको समायोजनपछि प्रतिकित्ता सेयरमूल्य ३८१.९० रुपैयाँ र ग्लोबल आइएमई समुन्नत स्कीमको इकाईमूलय १०.८८ रुपैयाँ निर्धारण गरिएको छ । बुधबार समायोजित मूल्यलाई आधार मानेर दुबै कम्पनीहरूको सेयर कारोबार खुल्नेछ ।
अघिल्लो कारोबार दिन मंगलबार कायम अन्तिम मूल्यका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । मंगलबार प्राइमको प्रतिसेयर ४४३ र ग्लोबल आइएमई समुन्नत स्कीमको २०.८८ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
लाभांश पारित गर्न प्राइमले पुस ६ गते सोमबार बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा बिहान ११ बजे १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।











प्रतिक्रिया