फरवार्ड लघुवित्तले प्रस्ताव गर्यो ४२ प्रतिशत लाभांश

0
Shares

फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD) ले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्त संस्थाको मंसिर २१ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको ११२ औं बैठकले चुक्ता पूँजीको ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश अनुुसार कम्पनीले २१ करोड ८९ लाख ३१ हजार ७३७.५० रुपैयाँ बराबरको बोनस शेयर र ४ करोड ३७ लाख ८६ हजार ३४७.५० रुपैयाँ बराबरको नगद गरी कुल २६ करोड २७ लाख १८ हजार ८५ रुपैयाँ बराबरको लाभांश वितरण गर्न प्रस्ताव गरिएको कम्पनी सचिव कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र लघुवित्त संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँ रहेको छ । प्रस्तावित २१ करोड ८९ लाख ३१ हजार ७३७ रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी ८४ करोड ४४ लाख ५० हजार ९८८ रुपैयाँ पुग्नेछ ।

बैंकले गत आवबाट प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा १०.४२ प्रतिशत धेरै हो । लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ६.५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तो छ विगतको लाभांश इतिहासः

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2076/2077 25.00 6.58 31.58
2 2075/2076 32.50 12.50 45.00
3 2074/2075 25.00 20.00 45.00
4 2073/2074 50.00 15.00 65.00

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७८, बुधबार  १० : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।