नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता भएको छ । 
सो सम्झौतापत्रमा फोकसवान पेमेन्ट सोलुसन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रणय राजभण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
उक्त सम्झौता सँगै फोकसवान पेमेन्ट सोलुसन्स, नेशनल पेमेन्ट स्वीचमाजोडिने पहिलो भुक्तानी सेवा प्रदायक बनेको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गत पहिलो चरणमा उपलब्ध हुने विभिन्न सेवा तथा उपकरणहरु फोकसवान आफूले प्रयोग गर्नुका साथै अन्यविभिन्न बैंक वित्तिय संस्थालाई पनि उपलब्ध गराउने छ ।
नेपाल सरकारको बजेट तथा मौदि«क नीतीमा समेत उल्लेख भए बमोजिम नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागी एनसीएचएललाई नेपाल राष्ट्र बैक द्धारा पहिलो चरण कार्यान्वयनको लागि अन्तिम स्वीकृति प्राप्त भइसकेको तथा एनसीएचएले पहिलो चरणसंग सम्बन्धित कार्यहरु पूरा गरी संचालनको तयारीमा रहेको छ।
यसै क्रममा नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागी एनसीएचएलले विभिन्न बैंक/वित्तिय संस्थाहरु तथा भुक्तानी सेवाप्रदायकहरुसँग आवश्यक सहकार्यता गरिरहेको छ ।











प्रतिक्रिया