प्रभु बैंकलाई साधारण सभा बोलाउन बाटो खुल्यो, लाभांश स्वीकृत

0
Shares

प्रभु बैंक लिमिटेड (PRVU) लाई साधारण सभा आह्वान गर्न बाटो खुला भएको छ ।  बैंकले गत आर्थिक वर्ष २०७७।७८ बाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

बैंकले राष्ट्र बैंकबाट मंसिर २१ गते लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको बुधबार नेप्सेमार्फत सूचना जारी गरी जानकारी दिएको छ ।

बैंक सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख ३३ हजार रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७८, बुधबार  १८ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।