हिमालयन रिको तीन महिनाको नाफा ४ करोड ७६ लाख

0
Shares

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालु बर्षको पहिलो त्रैमासमा चार करोड ७६ लाख ८० हजार रुपैयाँ नाफा गरेको बित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले यसअवधिमभा कुल ७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको लगानी, कर्जा तथा अन्य आय भने १० लाख १८ हजार रुपैयाँ छ । जसको खर्च ३ करोड १५ लाख रुपैयाँ छ ।

कम्पनीले खुद बीमा शुल्क बापत ८ करोड ८ लाख रुपैयाँ संकलन गरेर दाबी भुक्तानी खुद एक करोड ७ लाख रुपैयाँ गरेको छ। कम्पनीले २९ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।

कम्पनीको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा ५ करोड १८ लाख रुपैयाँ छ । यस अवधिमा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ४ अर्ब २५ करोड रुपैया रहेको छ । अल्पकालिन भने २ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले सर्वसाधारणलाई तीन अर्बको सेयर बिक्री गर्ने एजेण्डा साधारणसभा बाट पारित गराइसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ मंसिर २०७८, बिहिबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।