बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ५०० ले बढेको सुन र १० रुपैयाँले बढेको चाँदीको मूल्य बिहीबार स्थीर रहेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ कायम गरिएको छ ।
बुधबार पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।











प्रतिक्रिया