नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये हालसम्म ६ वटा जीवन बीमा कम्पनीहरुले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् ।
हालसम्म प्राइम लाईफ, सूर्या लाईफ, एशियन लाईफ, गुराँस लाईफ, र रिलायन्स लाईफले लाभांश प्रस्ताव गरेका हुन ।
पाँच कम्पनीले आर्थिक वर्ष २०७६।७७ को र गुराँस लाईफले आर्थिक वर्ष २०७५।७६ को लाभांश वितरण गर्र्ने प्रस्ताव गरेको हो ।
लाभांश घोषणा गरेकोमध्ये एशियन लाइफ (२७ प्रतिशत) सबैभन्दा शीर्ष स्थानमा रहेको छ भने रिलायन्स लाइफ (५.२६ प्रतिशत) सबैभन्दा पुछारमा रहेको छ ।
लाभांश सार्वजनिक गर्ने ६ जीवन बीमा कम्पनीहरुमध्य दुई कम्पनी भने नयाँ जीवन बीमा कम्पनी रहेका छन् । नयाँ जीवन बीम कम्पनीको रुपमा स्थापित रिलायन्स र ज्योति लाईफले पनि लाभांश प्रस्ताव गरेका हुन ।
| S.N. | Sector-Life Insurance | Bonus | Cash | Total | Bookclose | AGM |
| 1 | Asian Life Insurance | 25.00 | 2.00 | 27.00 | ||
| 2 | Prime Life Insurance Company | 15.00 | 0.87 | 15.87 | Mangsir 9, Thusday | Mangsir 19, Sunday |
| 3 | Surya Life Insurance Company | 12.70 | 0.67 | 13.37 | ||
| 4 | Jyoti Life Insurance Company | 5.00 | 5.53 | 10.53 | ||
| 5 | Gurans Life Insurance Company | 5.50 | 0.29 | 5.79 | ||
| 6 | Reliance Life Insurance | 0.00 | 5.26 | 5.26 | Mangsir 26, Sunday | Poush 11, Sunday |
जीवन बीमा कम्पनीहरुमा एशियन लाईफ इन्स्योरेन्स (ALICL) ले सबैभन्दा बढी प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ३० गतेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्राइम लाईफ इन्स्योरेन्स (PLIC) ले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव मंसिर १९ गते साधारण सभाबाट पारित भैसकेको छ । हाल प्राइम लाईफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार छ ।
सूर्या लाईफ इन्स्योरेन्स (SLICL) ले १२.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल यस कम्पनीको चुक्ता पूँजी २ अर्ब २६ करोड २८ लाख ९४ हजार छ ।
गुराँस लाईफ इन्स्योरेन्स (GLICL) को गत साउन २४ गतेको सञ्चालक समितिको बैठकले गरेको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश मंसिर १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भैसकेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजारको ५.५० प्रतिशत बोनस सेयर वितरण गरेर जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब पूँजी कायम गरेको छ ।
ज्योति लाईफ इन्स्योरेन्स (JLI) ले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि ५.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
त्यस्तै रिलायन्स लाईफ इन्स्योरेन्स (RLI) ले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट कर समेत ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ५.२६ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रहेको छ । रिलायन्स लाइफले लाभांश पारित गर्न पुस ११ गते साधारण सभा बोलाएको छ । लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते आइतबार बुकक्लोज मिति तोकेको छ ।











प्रतिक्रिया