आठ विकास बैंक र तीन फाइनान्सले घोषणा गरे लाभांश

0
Shares

मंसिर २३ गते बिहीबारसम्ममा गत आर्थिक वर्ष २०७७।७८ बाट आठ विकास बैंक र तीन फाइनान्सले लाभांश घोषणा गरेका छन् ।

हालसम्म महालक्ष्मी विकास बैंक, कामना सेवा, मुक्तिनाथ, ज्योति, मितेरी, लुम्बिनी, शाइन रेसुङ्गा र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा भएको हो । यस्तै आईसिएफसि फाइनान्स, श्री इन्भेष्ट एण्ड फाइनान्स र गुहेश्वरी फाइनान्सले पनि सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।

घोषणा भएको लाभांशमा विकास बैंकमध्ये महालक्ष्मी विकास बैंकले सबैभन्दा बढी २० प्रतिशत बोनस हित २१.०६ प्रतिशत र सांग्रिलाले सबैभन्दा कम १० प्रतिशत बोनस हित १०.५३ प्रतिशत रहेको छ ।

S.N. Sector -Development Banks Bonus Cash Total Bookclose AGM
1 Mahalaxmi Bikas Bank Ltd. 20.00 1.05 21.05    
2 Kamana Sewa Bikas Bank Limited 18.50 0.97 19.47 Kartik 10, Wednesday Kartik 23, Tuesday
3 Muktinath Bikas Bank Ltd. 17.58 0.93 18.50 Mangsir 15, Wednesday Mangsir 25, Saturday
4 Jyoti Bikas Bank Limited 11.00 4.50 15.50    
5 Miteri Development Bank Limited 13.30 0.7 14.00    
6 Lumbini Bikas Bank Ltd. 13.00 0.68 13.68 Mangsir 27, Monday Poush 9, Friday
7 Shine Resunga Development Bank 10.93 0.57 11.50 Mangsir 17, Friday Mangsir 29, Wednesday
8 Shangrila Development Bank  10.00 0.53 10.53 Kartik 5, Friday kartik 16, Tuesday

 

उता आईसिएफसि फाइनान्सले १० प्रतिशत बोनस सहित १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्दा गुहेश्वरी मर्चेन्टले १० प्रतिशत बोनस सहित १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । श्री इन्भेष्ट एण्ड फाइनान्सले ७.७० प्रतिशत बोनस सहित ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ मंसिर २०७८, बिहिबार  १५ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।