सिटी एक्सप्रेस मनी ट्रान्सफर र रिया मनी ट्रान्सफरबिच रेमिट्यान्स सम्झौता


विश्वव्यापीे रूपमा ख्यातिप्राप्त रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ ।

अब बिदेशमा रहेका नेपालीहरुले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका, यूरोप तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेस हुँदै खल्ती एपबाट आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन् । साथै खल्ती मोबाइल वालेटमा उक्त रकम लोड गर्न सकिने समेत सिटि एक्सप्रेसले जनाएको छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सावन डी फिल्डरले हस्ताक्षर गरेका हुन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।