नाडा अध्यक्षमा ध्रुव थापा विजयी, कार्यसमितिमा चौधरी समूहको बहुमत

0
Shares

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । थापाले अध्यक्ष पदका अर्का प्रत्यासी करण चौधरीलाई ६६ मत अन्तरले पराजित गर्दै आगामी कार्यकालका लागि अध्यक्ष चयन भएका हुन ।

बिहिबार मध्यराति सार्वजनिक मतपरिणाम अनुसार थपाले १४१३ र उनका प्रतिद्वन्द्वी करण चौधरीले १३४७ मत ल्याएका थिए ।

आगामी दुई वर्षे कार्यकालका लागि थापा अध्यक्षमा निर्वाचित भएका हुन् । दुई वर्ष उपाध्यक्ष भएर काम गरी सकेका थापा यसअघि कार्य समिति सदस्य थिए । उनका प्रत्यासी चौधरी उपाध्यक्ष थिए ।

चौधरी पराजित भएपनि कार्यसमिनिमा भने उनकै प्यानलबाट बहुमत सदस्य निर्वाचित छन्। १७ सदस्यमा कार्य समितिमा चौधरी प्यानलबाट १२ र थापा प्यानलबाट ५ जना सदस्य विजयी भएका छन् । थापा र चौधरीले प्यानलनै खडा गरेर चुनावी मैदानमा उत्रिएका थिए।

थापा प्यानलबाट विजयी हुनेमा आकाश गोल्छा (१३३९) ,यमुना श्रेष्ठ (१३५५), कपिल शिवाकोटी (१३४८), निराकर श्रेष्ठ (१३६४), प्रदीपमान प्रधान (१३४६) रहेका छन् ।

त्यस्तै, चौधरी प्यानलबाट अनुपकुमार बराल (१४६३), सुरेन्द्रकुमार उप्रेती (१४३२), विक्रम सिंघानिया (१३७१),राजनबाबु श्रेष्ठ (१४५७), अभिक ज्योति (१३८३), मिलनबाबु मल्ल (१४६५), नीलमणि पाठक (१३५४), पंकज अग्रवाल (१३३४), सुनिल रिजाल (१४०२), वरदान बस्नेत (१३५०), प्रकाश कपुरी (१३७९) र गोपाल भट्टराई (१३६५) छन् ।

नयाँ नेतृत्वका लागि बिहिबार बिहान मतदान भएको थियो । निर्वाचन समितिका अनुसार कुल ३१ सय मतदाता मध्ये २७ सय मत खसेको थियो । यस्तै ७ जना संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। मोहनबाबु खड्का, तेजनारायण साह, शुभाष आचार्य, पुष्करराज ओझा, गणेश प्रसाद भट्टराई, सुदेश कुमार श्रेष्ठ र भद्र भण्डारी निर्विरोध निर्वाचित भएका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।