मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो।
कम्पनीका अनुसार शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । लाभांश पारित गर्न कम्पनीले १४ औं वार्षिक साधारण सभा पुस २९ गते गते काठमाडौंस्थित नयाँबानेश्वर भवनमा बिहान ११ बजे बोलाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया