आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

0
Shares

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार १९० रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापावाला सुन तोलाको ९२ हजार २०० रुपैयाँ, तेजावी सुन ९१ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७८, आइतबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।