आधिँखोला लघुवित्तले २ करोड लाभांश बाँड्ने

0
Shares

आधिँखोला लघुवित्त वित्तीय संस्था लिमिटेड (AKBSL) ले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २ करोड रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्त संस्थाको मंसिर २६ गते, आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको प्रतिशत १९ बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव प्रस्ताव गरिएको कम्पनी सचिव बाबुराम कुँवरले जानकारी दिए ।

प्रस्तावित लाभांश अनुुसार कम्पनीले १ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने करप्रयोजनका लागि १० लाख रुपैयाँ बराबरको नगद गरी कुल २ करोड रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ ।

लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र लघुवित्त संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । प्रस्तावित १ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी ११ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।

लघुवित्तले गत आवबाट भने लाभांश वितरण गरेको थिएन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ मंसिर २०७८, सोमबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।