ग्लोबल आइएमई समुन्नत योजना १ (GIMES1) ले इकाईधनीलाई गत आवको नाफबाट प्रस्ताव गरेको प्रतिफल वितरण गरेको छ ।
फण्डले इकाईधनीहरुको बैंक खातामा मंसिर २६ गतेदेखि नगद लाभांश जम्मा गरिदिएको हो ।
फण्डले आव २०७७।७८ को मुनाफाबाट लाभांश करसहित शतप्रतिशत नगद वितरण गर्ने निर्णय गरेको थियो । सोही नगद लाभांश फण्डले हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका इकाईधनीको बैंक खातामा रकम पठाएको हो ।
फण्डले हालसम्म पनि खाता अद्यावधिक नगराउने इकाईधनीहरुलाई हितग्राही खातामा बैंक खाता यथाशिघ्र अद्यावधिक गराउन भनेको छ । योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया