युनिलिभर नेपाल लिमिटेड (UNL) ले ५७ लाख ३६ हजार ४८० रुपैयाँ बराबरको पुरानो लाभांश लिन सेयरधनीलाई अनुरोध गरेको छ ।
कम्पनीले २३ औं वार्षिक साधारण सभाबाट लाभांश पारित भए बमोजिम आव २०७२।७३ को पाँच वर्ष पुरानो लाभांश रकम लिन नआएको तथा दाबी नपरेको हुनाले संकलन गर्न भनेको हो ।
कम्पनीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र शेयर रजिष्ट्रार सनराइज क्यापिटलमा सम्र्पक गरी लाभांश लिन भनेको छ ।
कम्पनीले सो अवधिभित्र पनि बुझि नलिएमा भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने बताएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया