
नेपाली काँग्रेस (वी.पी.) पार्टीले ठुला जिम्मेवार नेताहरुबाट नै शेयर बजारप्रति गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै त्यसको भत्र्सना गरेको छ ।
साथै लाखौ लगानी कर्ताहरुको मनोबल उच्च राखी लगानीको वातावरण सृजना गर्न पूँजी बजारको विकास र विस्तारका कार्य तत्काल सरकारको ध्यानकर्षण समेत गराएको छ ।
केहि समय देखि निरन्तर ओरालो लागिरहेको शेयरबजारप्रति सरकारमा सहभागी पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अर्थमन्त्री जनार्दन शर्मा लगायत नीति निर्माता को कुर्सीमा बसेका जिम्मेवार व्यक्तिहरुबाट शेरय बजारलाई साम्राज्यवादीहरुको विकशित रुप, हावा भरिएको भन्ने, कहिले ४/१२ को कुरा ल्याएर शेयर बजारलाई प्रभावित पार्ने गरि गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उक्त पार्टीले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
जिम्मेवार नेताहरुको गैरजिम्मेवार अभिव्यक्तिले करिब ४६ लाख लगानी कर्ताहरुमा निराशा छाएको वी पी काँग्रेसको भनाई छ । शेयर बजार भनेको अर्थतन्त्रको मेरुदण्ड र सूचाङक पनि हो भन्ने कुराको नेता र नियमकारी निकायहरुमा अध्ययन नहुदाको परिणाम पूँजी बजार प्रति सकरात्मक धारणा आउन् नसक्नु र खुल्ला अर्थतन्त्रको हिमायति हु भन्ने नेपाली काँग्रेस सरकार प्रमुख भएर मौन रहनु अत्यान्त दुःखद भएको उक्त पाटीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै लामो समय देखि नियमकारी निकाय धितोपत्र बोर्ड र नेप्सेको कार्याकारी प्रमुख नियुक्ति गर्न नसक्नुको विषयलाई उक्त पदहरुमा सट्टा बजारको जस्तो सरकारको भूमिका प्रति पनि नेपाली काँग्रेस (वी.पी.) पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ठुला भनाउदा पार्टीका जिम्मेवार नेताहरुबाट गैरजिम्मेवारी अभिव्यक्ति नदिन र लाखौ लगानी कर्ताहरुको मनोबल उच्च राखी लगानीको वातावरण सृजना गर्न साथै पूँजी बजारको विकास र विस्तारको लागि तत्काल कार्य गर्न नेपाल सरकारलाई नेपाली काँग्रेस (वी.पी.) पार्टीले जोडदार माग गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया