रेमिट्यान्स आप्रवाह साढे ७ प्रतिशतले घट्यो, कात्तिकमा ७३ अर्ब मात्र भित्रियो

0
Shares


चालु आर्थिक वर्षको चौथो महिना कात्तिकमा पनि विप्रेषण आप्रबाहमा कमी आउने क्रमले निरन्तरता पाएको छ । कात्तिक महिनामा रेमिट्यान्स आप्रवाह दर ७.५ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा कुल ३१२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ७.५ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिमा ३३७ अर्ब ८२ करोड रुपैयाँ भित्रिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो ।

त्यसैगरी चालु आवको कात्तिक महिनामा भित्रिएको रेमिट्यान्स असोजको तुलनामा घटेको छ । चालु आवको कात्तिक महिनामा मात्र ७३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । तर, चालु आर्थिक वर्षको असोज महिनामा करिब ८४ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो ।

चालु आवको कात्तिकसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या रुपमा वृद्धि भई ९६ हजार ३ सय ८२ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो ।

यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९,७२३ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो । चालस आवको कात्तिकसम्ममा खुद ट्रान्सफर ७.४ प्रतिशतले कमी आई ३४५ अर्ब ६५ करोड रुपौयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ मंसिर २०७८, बुधबार  १५ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।