सिटिजन्स बैंक र सगरमाथा इन्स्योरेन्सको बोनस नेप्सेमा सूचीकृत

0
Shares

सिटिजन्स बैंक र सगरमाथा इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ ।

स्टकका अनुसार सिटिजन्स बैंकको १ करोड ६२ लाख ५०८ दशमलव ९१ कित्ता र सगरमाथा इन्स्योरेन्सको ११ लाख १ हजार ३४५।२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफबाट १२.९१३ प्रतिशत र सगरमाथा इन्स्योरेन्सले आव २०७६/७७ को नाफाबाट ११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर बिहीबार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो ।

दुबै कम्पनीको बोनस अब सोमबारदेखि नेप्से मार्फत दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् । सरकारले आइतबार उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिएकाले सेयर कारोबार पनि बन्द हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ पुस २०७८, शुक्रबार  १८ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।