समीट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले पुस २४ गते शनिबार, आँबुखैरेनी रेष्टुराँ एण्ड पार्टी प्यालेस, आँबुखैरेनी तनहुँमा बिहान १० बज तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश अनुमोदन र एफपीओ निष्काशन प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा सहित साधारण सभा डाकेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको २५.२८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी सजिलो लघुवित्त र समीट लघुवित्त एक आपसमा मर्जर र बोनस सेयर जारी गरेपश्चात संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपातमा मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको ७ लाख ५१ हजार ७१२ कित्ता साधारण शेयर प्रिमियममा एफपीओ जारी गर्नेछ ।
यसैगरी समीट लघुवित्त र अन्य लघुवित्त वित्तीय संस्थासंग मर्ज अथवा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ । साथै अन्य प्रस्तावहरुमा कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा स्थानान्तरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १५ गते बिहीबारदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १४ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया