‘टेक्सटाइल इन्ड्रस्टिज’को अनुसन्धानलाई तीन हजार डलर पुरस्कार

0
Shares

तानसेन नगरपालिकाको बडीज्ञान टोलकी निकिता शाहीको समूह साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा बीबीएम ७ औं सेमेस्टरमा अध्ययनरत शाहीको टिमले तीन हजार अमेरिकी डलर पुरस्कारसमेत जितेको हो ।

समिटमा दक्षिण एसियाका भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीको सहभागीता थियो । शाहीले आठ महिना लामो टेक्सटाइल इन्ड्रस्टिजको अनुसन्धान गरेर समिटमा पेस गरेको अनुसन्धानले पुरस्कार जित्न सफल भएको त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण कार्कीले बताए ।

आठ वटा टिमका बीच प्रतिस्पर्धा भएको थियो । हरेक टिममा प्रत्येक देशका एक विद्यार्थीको सहभागिता थियो । कोरोना सङ्क्रमणले गर्दा भर्चुअल माध्यम समिट गरिएको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ पुस २०७८, शनिबार  १३ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।