साताको पहिलो दिन सुनचाँदीको मूल्य घट्यो, यस्तो छ बजार मूल्य

0
Shares

साताको पहिलो दिन अर्थात आइातबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ९३ हजार ६०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ, तेजावी सुन ९३ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ पुस २०७८, आइतबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।