सिभिल बैंकको लाभांश घोषणा

0
Shares

सिभिल बैंक लिमिटेड (CBL) ले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको पुस ५ गते, सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत (२ करोड २७ लाख ४६ हजार ४७६ रुपैयाँ) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

अघिल्लो आव २०७६।७७ बाट बैंकले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार ८४७ रुपैयाँ रहेको छ । ४३ करोड २१ लाख ८३ हजार ४२ रुपैयाँ बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।