महालक्ष्मी विकास बैंकको २० औं वार्षिक साधारण सभा पुस २५ गते

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले पुस २५ गते आइतबार बैंकको बीसौं वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकको पुस २ गतेसम्पन्न सञ्चालक समितिको ५०६ औं बैठकले पुस २५ गते बिहान ११ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, टुडिखेल, काठमाडौंमा बीसौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप आर्थिक वर्ष २०७७।७८ को नाफाबाट घोषणा गरेको २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

बीसौं वार्षिक साधारण सभा प्रायोजनको लागि बैंकले पुस १३ गते मंगलबार सेयर दाखिल खारेज बन्द (बुकक्लोज) गरिने भएको छ ।

बुकक्लोज अनुसार पुस १२ गते सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई नियमानुसार सिडिएसएण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफ समेत भई संस्थाको सेयर दर्ता किताबमा कायम हुन आएका सेयरधनीहरुले मात्र सभामा भाग लिन साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।

महालक्ष्मी विकास बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएको छ । आर्थिक वर्ष २०७७/७८ मा यस विकास बैंकले विभिन्न वित्तीय सूचांकहरुमा ठूलो फड्को मारी सेयरधनीहरुलाई २१.०५२६ प्रतिशतको ऐतिहासिक लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा यस बैंकको कर्जा प्रवाह १६ प्रतिशत तथा निक्षेप संकलन ६ प्रतिशतले बढेको छ । बैंकको खुद नाफा आर्थिक वर्ष २०७६/७७ को तुलनामा ६३.५७ प्रतिशत र वितरणयोग्य नाफा १४५ प्रतिशतले बढेकै कारण २१.०५२६ प्रतिशतको लाभांश सम्भव भएको कुरा बैंकले जनाएको छ ।

यस विकासबैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिषा इएमभि चिप बेस्ड ट्रार्भल कार्ड, इ कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस्ड ट्रार्भल कार्ड, इ कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक: महालक्ष्मी विकास बैंक रहेको बैंकका प्रवक्ता दिपेश लम्सालले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।