पुस ६ गते मंगलबार विभिन्न चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यसदिन दुई वाणिज्य बैंक र दुई लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यसदिन एनएमबि बैंकको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत ३.३० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत, नेपाल एसबिआई बैंकको ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत १.८१ प्रतिशत नगद लाभांश गरी कुल ५.३१ प्रतिशत, छिमेक लघुवित्त वित्तीय संस्थाको २७ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद गरी ३० प्रतिशत र गणपति लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
बुकक्लोजका आधारमा चार ओटै कम्पनीहरुको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पुस ६ गते मंगलबारसम्म कायम सेयरधनीहरु मात्र योग्य हुनेछन् । चारवटै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न मंगलबारसम्म नेप्सेमा सेयर खरीद गरी सेयरधनी कायम भैसकेको हुनुपर्नेछ ।
चार ओटा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश वितरण तथा साधारण सभाका लागि पुस ७ गते बुधबार बुकक्लोज गर्ने मिति तोकेका छन् । पुस ७ गते बुकक्लोज गर्ने भएसँगै पुस ६ गतेसम्म कायम सेयरधनी मात्र लाभांश पाउन योग्य हुन्छन् ।
लाभांश पारित सहित अन्य प्रस्तावहरु पारित गर्न नेपाल एसबिआई बैंकले पुस २० गते २८ औं, एनएमबि बैंकले पुस २२ गते २६ औं, छिमेक लघुवित्तले पुस २३ गते २० औं र गणपति लघुवित्तले पुस १७ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया