चालू आवको प्रथम त्रैमासमा न्यूनस्तरका खाद्य सामग्री बिक्री गरेकामा २७ मुद्दा दायर

0
Shares

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालू आवको प्रथम त्रैमासिक अवधिमा न्यूनस्तर तथा दूषित उत्पादनका साथै बिक्रीवितरण गरेको कसूरमा २७ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको छ ।

विभागले नियमानुसार दायर गरेका मुद्दामध्ये दूध तथा दुग्ध पदार्थका नौ वटा, मसला पदार्थका पाँच, खाद्यान्न एवं दलहन तथा सोबाट बनेको पदार्थ पाँच, प्रशोधित पिउने पानीका तीन, चियाका दुई, सोयाससको एक, तेलको एक र दानाको एक छन् ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार मुद्दामध्ये दूषितसम्बन्धी ११, न्यून गुणस्तरका नौ, खाद्य ऐन नियम निर्देशिका उलङ्घनसम्बन्धी एक, लेवल लगायतका विवरण नमिलेका छवटा मुद्दा दर्ता भएका छन् ।

खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दायर हुने व्यवस्था छ ।

यस प्रथम त्रैमासिक अवधिमा विभागले उत्पादन दर्ता १९ र नवीकरण ६७ वटा आहारपूरक खाद्यपदार्थ नियमन गरेको जनाएको छ । त्यसैगरी १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा १६ हजार ३१० नमूना सङ्कलन गरी जाँच विश्लेषणका साथै नियमन गरेको जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७८, मंगलबार  १८ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।