साओमीले साओमी–१२ मोडलका मोबाइल फोनहरु लन्च गर्दै

0
Shares


चिनियाँ मोबाइल कम्पनी साओमीले २०२१ संस्करणमा साओमी–१२ मोडलका फोनहरु लन्च गर्ने भएको छ।

कम्पनीले साओमी–१२ मोडलका साओमी–१२, साओमी–१२ एक्स, साओमी–१२प्रो नामक फोनहरु चीनमा डिसेम्बर २८मा लन्च गर्नेछ। त्यसै गरी साओमी–१२ अल्ट्रा चाहिँ सन्.२०२२मा लन्च गर्ने कम्पनीले घोषणा गरेको छ।

साओमी–१२ सीरीजका फोनहरु नयाँ स्नयापड्रागन ८ जेन्रेसन १ चिप द्वारा संचालित हुनेछन्। ५० मेगापिक्सेलको क्यामेरा लेन्स रहेको साओमी–१२ मा ३ वटा लेन्स छन्– अल्ट्रावाइड लेन्स, पेरिस्कोप लेन्स, र टेलिफोटो लेन्स। अरु फिचरहरुको बारेमा विस्तृत जानकारी साओमी–१२ सीरीज लन्च भएपछि गरिने कम्पनीले जनाएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।