
समता घरेलु लघुवित्तको आठौँ बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को प्रस्तावित लाभांश पारित गरेको छ । साथै उक्त सधारण सभाले सर्वसाधारणको लागि पुनः शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ।
सभाले शेयरधनीहरुको लागि कुल चुक्ता पूँजी २८ करोड ५६ हजार २० हजार १६० रुपैयाँको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेका हो। साथै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ ।
यसैगरी संस्थाले प्रवन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना ७०ः३० (संस्थापक: सर्वसाधारण) कायम हुने गरी सर्वसाधारणको लागि पुनः २ लाख ४१ हजार २ सय कित्ता शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
त्यसैगरी आगामी चार वर्षको लागि संस्थापक समुहबाट ४ जना निर्वाचन प्रक्रिया र सर्वसाधारण समुहबाट २ जना निर्विरोध जम्मा ६ जना सञ्चालकहरु चयन गरेको छ । संस्थापक समुहबाट डम्मर मणि थेवे लिम्बुलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन समेत गरेको छ ।
साथै उक्त बैठकले स्वतन्त्र सञ्चालकको रुपमा निरंजन पराजुलीलाई नियुक्ति गर्ने निर्णय भए अनुसार वित्तीय संस्थाको सञ्चालक समिति देहाय बमोजिम गठन गरिएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया