नेप्सेले १६६.६७ प्रतिशत लाभांश बाँड्ने, पुस २९ गते साधारण सभा आह्वान

0
Shares

नेपालको एकमात्र धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत आर्थिक वर्षको नाफाबाट १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

नेप्सेल चुक्ता पूँजी ६० करोड रुपैयाँको ६६.६७ प्रतिशत बोनस सेयर र कर समेत १०० प्रतिशत नगद लाभांश वितरण गर्न पुस २९ गते ४० औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

उक्त लाभांश प्रस्ताव पारितका लागि नेप्सेले यूएनआई शान्तिमार्ग, काठमाडौंमा रहेको कार्यालयमा पुस २९ गते बिहान ११ बजे सभा ४० औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमिटेड सहितको आर्थिक वर्ष २०७७।७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साधारण सभाका लागि नेप्सेले पुस १८ गते आइतबार एकदिन सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ ।

नेप्सेमा सबैभन्दा धेरै सेयर लगानी नेपाल सरकारको ५८.६६ प्रतिशत रहेको छ । नेपाल सरकारपछि ठूलो लगानी भएको राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत, प्रभुु बैंकको ५ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत र सेयर ब्रोकहरुको ०.६२ प्रतिशतभन्दा कम लगानी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७८, बिहिबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।