नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने सबै संस्थाहरुलाई महिना सकिएको सात दिन भित्र भुक्तानी सम्बन्धी कार्यको सम्पूर्ण विवरण राष्ट्र बैंकमा पेस गर्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८, अ.प्रा.निर्देशन नं. १०/०७८ को अनुसूची १०.१ मा रहेको व्यवस्था संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले शाखारहित बैंकिङ कारोबार सञ्चालन गरेको तथा एटिएम मेसिन रहेको स्थानको विवरण सञ्चालन भएको मितिले सात दिन भित्र राष्ट्र बैंकलाई जानकारी दिनुपर्छ ।
यस्तै, शाखा रहित बैंकिङ्ग केन्द्रमा रहेका ग्राहकरु तथा विद्युतीय कार्डको प्रयोग, ई–बैंकिङ्ग कारोबार, भुक्तानी सेवा प्रदायकको कारोबार सम्बन्धी विवरण, सेटलमेन्ट बैंकमा रहेको हिसाबको खाता सम्बन्धी विवरण महिना सकिएको सात दिन भित्र राष्ट्र बैंकलाई विवरण बुझाउनु पर्नेछ ।
यसैगरीग्राहकको विवरण, एजेन्टको विवरण, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार सम्बन्धी विवरण, क्लियरिङ्ग हाउसबाट भएको कारोबार विवरण लगायतको भुक्तानी कारोबारको विवरण पनि महिना सकिएको सात दिन भित्र राष्ट्र बैंकलाई विवरण बुझाउनु पर्नेछ । यस्तो व्यवस्था यसअघि महिना दिन भित्र बुझाए हुने व्यवस्था रहेको थियो ।


? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया