स्रोत नखुलेको १६ लाख सहित एक भारतीय नागरिक प्रहरी नियन्त्रणमा

0
Shares

नेपाल प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँ सहित एक भारतिय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त रकम सहित कुशवाहलाई बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चोकबाट नियन्त्रण्मा लिएको हो ।

विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकल जाँच गर्दा कुशवाहको साथबाट १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७८, बिहिबार  १८ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।