सिटिजन्स बैंकद्धारा अमेरिकी डलर आयात गरी बिक्री वितरण सुरु

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल (CZBIL) ले आफ्ना ग्राहकहरुको सुविधाको लागी विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री वितरण सुरु गरेको छ ।

हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकले अमेरिकी डलर आयात गरेको हो ।

विभिन्न प्रयोजनका लागी विदेश जानुपर्र्ने ग्राहकहरुले आवश्यक कागजाजहरु बैंकमा बुझाई आफुलाई आवश्यक पर्ने अमेरिकी डलर सहजरुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ ।

यस्तो सटही सुविधा हाल काठमाण्डौं उपत्यकाको दरवारमार्ग, कुमारीपाटी, बौद्ध, कोटेश्वर, कुलेश्वर, ठिमी, कमलादी, न्यूरोड, डिल्लीबजार, नयाँबजार, भैंसेपाटी लगायतका शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।