शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा २०० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलामा ९३ हजार १०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार ६०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २६० रुपैयाँ कायाम गरिएको छ ।
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य स्थीर रहेको हो । अर्थात चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ, तेजावी सुन ९२ हजार ८०० रुपैयाँ र चाँदी तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८१० डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.८९ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया