गुगललाई पछि पार्दै सबैभन्दा लोकप्रिय बन्यो सामाजिक सञ्जाल टिकटक

0
Shares

अमेरिकी खोज इन्जिन गुगललाई पछि पार्दै सामाजिक सञ्जाल टिकटक संसारको सबैभन्दा लोकप्रिय  बनेको छ।

आईटी सेक्युरिटी कम्पनी, क्लाउडफ्लेयरले गरेको अध्ययन अनुसार, भाइरल भिडियो सेयरिङ एप टिकटक अमेरिकी खोज इन्जिन गुगलभन्दा पनि धेरै लोकप्रिय भएको हो।

सन् २०२१ को र्फेबुअरी, मार्च र जुनमा टिकटकले गुगललाई शीर्ष स्थानबाट हटाउन सफल भएको थियो। अगस्टदेखि भने लोकप्रिय सामाजिक सञ्जालमा टिकटक पहिलो स्थानमा रहेको छ।

बाइटडान्स नामक चिनियाँ कम्पनीको स्वामित्वमा रहेको यो सामाजिक सञ्जालका अहिले विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ता छन् र त्यो संख्या बढ्दै गएको छ।

सन् २०२० मा गुगल लोकप्रिय सामााजिक सञ्जालमा पहिलो स्थानमा थियो। टिकटक, अमेजन, एप्पल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स जस्ता सामाजिक सञ्जालहरु भने शीर्ष १० मा थिए।

टिकटकको लोकप्रियतामा बृद्धि हुनुको एउटा कारण कोभिड महामारी रहेको छ। लकडाउनमा अधिकांश मानिसहरू घरमै थुनिएका थिए र मनोरञ्जनको स्रोत खोजिरहेका थिए। त्यसै समयमा मनोरञ्जनको स्रोत बनी आएको टिकटक अहिलेको समयमा लोकप्रिय भएको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।