जीवन बीमा कम्पनीद्धारा पाँच महिनामा १५.३४ अर्बको नयाँ व्यवसाय विस्तार

0
Shares

जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्तसम्ममा १५ अर्ब ३४ करोड ५२ लाख ७५ हजार रुपैयाँको नयाँ जीवन बीमा व्यवसाय विस्तार गरेका छन् । मंसिरमा महिनामा मात्रै कम्पनीहरुले ३ अर्ब १३ करोड २२ लाख ३ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।

कम्पनीहरुले वैदेशिक रोजगार बीमाशुल्क सहित पाँच महिनामा कुल ५७ अर्ब ७९ करोड ५६ लाख १८ हजार रुपैयाँको व्यवसाय गरेकोमा १५ अर्ब ३४ करोड ५२ लाख ७५ हजार रुपैयाँको नयाँ जीवन बीमा व्यवसाय विस्तार गरेका हुन् । कुल व्यवसायमा नयाँ व्यवसायको हिस्सा २६.५५ प्रतिशत रहेको छ । मंसिरसम्म जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ६३ करोड ८७ लाख ६४ हजार रुपैयाँ नवीकरण बीमशुल्क शुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ । नेपाल लाइफले पाँच महिना अवधिमा २ अर्ब ९८ करोड ५३ लाख ४९ हजार रुपैयाँ प्रथम बीमाशुल्क उठाएको हो ।

नेपाल लाइफपछि नेशनल लाइफले दोस्रो ठूलो (१ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ) प्रथम बीमाशुल्क संकलन गरेको छ भने सिटिजन्स लाइफले १ अर्ब ५ करोड ३० लाख ९८ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

मंसिरसम्ममा युनियन लाइफ इन्स्योरेन्सले ९८ करोड ७५ लाख, एलआईसीले ९३ करोड ३८ लाख, रिलायबल नेपाल लाइफले ८४ करोड ८१ लाख, एशियन लाइफले ७६ करोड ६ लाख, सूर्या लाइफ ७३ करोड ६ लाख, मेट लाइफले ६४ करोड १ लाख, ज्योति लाइफले ६० करोड ५८ लाख, प्राइम लाइफले ५६ करोड ४३ लाख र आईएमई लाइफले ५३ करोड २६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी ५० करोडभन्दा कम प्रथम बीमाशुल्क संकलन गर्ने जीवन बीमा कम्पनीको संख्या ७ रहेको छ । यस अवधिमा रिलायन्स, प्रभु, राष्ट्रिय बीमा संस्थान, सानिमा लाइफ, सन् नेपाल, महालक्ष्मी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।

यस अवधिमा रिलायन्स लाइफले ४९ करोड २३ लाख, प्रभु लाइफले ४९ करोड ११ लाख, राष्ट्रिय बीमा संस्थानले ४९ करोड ४ लाख र सानिमा लाइफले ४७ करोड ६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस्तै चालु आवको पाँच महिनामा सन् नेपाल लाइफले ३५ करोड ३८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्दा महालक्ष्मी लाइफले २८ करोड ९७ लाख र गुराँस लाइफले सबैभन्दा कम २७ करोड ८७ लाख रुपैयाँ मात्र प्रथम बीमाशुल्क संकलन गरेको छ ।

S.N Life Insurance Company Premium Collecation in Crore
    First Premium Collection Mangsir 2078 First Premium Collection Till Mangsir 2078
1 Nepal Life Insurance  68.1913 298.5349
2 National Life Insurance  34.6956 183.6265
3 Union Life Insurance  24.5796 98.7564
4 Life Insurance corporation 23.0818 93.3816
5 Reliable Nepal Life Insurance  21.0860 84.8183
6 Surya Life Insurance  20.0400 73.0598
7 Citizen Life Insurance 19.0747 105.3098
8 Jyoti Life Insurance  15.8361 60.5795
9 Asian Life Insurance  13.9153 76.0653
10 American Life Insurance (Met life) 11.6100 64.0100
11 I.M.E. Life Insurance  10.8894 53.2655
12 Prime Life Insurance  8.4000 56.4300
13 Sun Nepal Life Insurance  7.5579 35.3832
14 Sanima Life Insurance  6.9478 47.0683
15 Prabhu Life Insurance  6.8890 49.1129
16 Reliance Life Insurance 5.6027 49.2365
17 Mahalaxmi Life Insurance  5.1729 28.9750
18 Gurans Life Insurance  4.9983 27.8744
19 Rastriya Beema Sansthan 4.6519 49.0396
  Total 313.2203 1534.5275

मंसिरमा प्रथम बीमाशुल्क संकलन कुन कम्पनीकाे कति ?

मंसिरमा जीवन बीमा कम्पनीहरुले ३ अर्ब १३ करोड २२ लाख ३ हजार रुपैयाँ प्रथम बीमाशुलक संकलन गरेका छन् । पाँच महिनामा १५ अर्ब ३४ करोडको प्रथम बीमा संकलन गरेकोमा पछिल्लो महिना अर्थात मंसिरमा संकलित हिस्सा २०.४१ प्रतिशत रहेको छ । जुन अन्य चार महिनाको औषत सरह हो ।

मंसिरमा संकलित प्रथम बीमाशुल्कमध्ये नेपाल लाइफले सबैभन्दा धेरै ६८ करोड १९ लाख रुपैयाँ संकलन गरेको छ । यस्तै मंसिर महिनामा नेशनल लाइफले ३४ करोड ६९ लाख, युनियन लाइफ २४ कोड ५८ लाख, एलआईसी २३ करोड ८ लाख, रिलायबल नेपाल २१ करोड ८ लाख र सुर्या लाइफले २० करोड ४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

तेह्र जीवन बीमा कम्पनीहरुको मंसिरमा प्रथम बीमाशुल्क संकलन रकम २० करोडभन्दा कम छ । यस अवधिमा सिटिजन्स लाइफ १९ करोड ७ लाख, ज्योति लाइफ १५ करोड ८३ लाख, एशियन लाइफ १३ करोड ९१ लाख, मेट लाइफ ११ करोड ६१ लाख र आईएमई लाइफले १० करोड ८९ लाख रुपैयाँ प्रथम बीमाशुलक उठाएका छन् ।

यस्तै प्राइम लाइफ ८ करोड ४० लाख, सनर नेपाल ७ करोड ५५ लाख, सानिमा लाइफ ६ करोड ९४ लाख, प्रभु लाइफ ६ करोड ८९ लाख, रिलायन्स लाइफ ५ करोड ६० लाख, महालक्ष्मी लाइफ ५ करोड १७ लाख, गुराँस लाइफ ४ करोड ९९ लाख र राष्ट्रिय बीमा संस्थानले ४ करोड ६५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

प्रथम बीमाशुल्क भनेको के हो ?

प्रथम बीमाशुल्क भनेको कम्पनीहरुले नयाँ ग्राहकहरुबाट संकलन गर्ने पहिलो प्रिमियम (एफपिआर) रकम हो । यसरी बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमाशुल्क हो ।

बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् । त्यस्तै, थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नवीकरण बीमाशुल्क भनिन्छ ।

यसरी पहिलो किस्ता (प्रथम बीमाशुल्क) वापत संकलन हुने प्रिमियम र नविकरण बीमा वापत प्राप्त हुने प्रिमियम शुल्कलाई जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखाउने तरिका फरक-फरक हुन्छ ।

थप समाचारका लागि तलका लिङ्क प्रयाेग गर्न सक्नुहुन्छ:-

बीमा कम्पनीको बीमाशुल्क १९ प्रतिशतले बढ्योः ७३ अर्ब २२ करोड आर्जन

निर्जीवन बीमकको पाँच महिनाकाे व्यवसायः शिखर शीर्ष स्थानमा रहँदा सानिमा जनरल पुछारमा

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।