
बुटवल पावर कम्पनी र समृद्धि फाइनान्सको पुस ११ गते आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ । दुबै कम्पनीको आइतबार सेयरमूल्य समायोजन भएको हो ।
बुटवल पावरको लाभांश वितरण प्रयोजनार्थ र समृद्धि फाइनान्सको हकप्रदपछि आइतबार बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार बुटवल पावर कम्पनीको १० प्रतिशत बोनसपछि प्रतिकित्ता ४३८.७३ रुपैयाँ र समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रदपछि ३६१.३३ रुपैयाँ कायम भएको छ । आइतबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा दुबै कम्पनीहरुको सेयर कारोबार खुला हुनेछ ।
गत बिहीबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन भएको हो । बिहीबार बुटवल पावरको प्रतिकित्ता ४८२.६० रुपैयाँ र समृद्धि फाइनान्सको ४९२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
बुटवल पावरले २० प्रतिशत लाभांश पारित गर्न पुस २६ गते सोमबार साधारण सभा बोलाएको छ । उता समृद्धि फाइनान्सले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्काश्नका लागि बुकक्लोज गरेपनि हकप्रद निष्काशनको मितिभने तोकिसकेको छैन ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया