एनसीसी बैंक, विजय र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी), विजय लघुवित्त र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने पुस ११ गते आइतबार अन्तिम दिन रहेको छ ।

तीनवटै कम्पनीले पुस १२ गते सोमबार लाभांश वितरण र साधारण सभा प्रयोजनार्थ बुकक्लोज गर्दैछन् । बुकक्लोज अनुसार आजसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन तथा र सम्बन्धीत कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

बिहीबार दोस्रो बजारमा एनसीसी बैंकको सेयर प्रतिकित्ता २७८.८० रुपैयाँ, विजय लघुवित्तको १ हजार ४७६ रुपैयाँ र महुली लघुवित्तको १ हजार ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चुक्ता पूँजीको ८ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद, विजय लघुवित्तले चुक्ता पूँजीको २०.०३ प्रतिशतका दरले बोनस र सोको कर प्रयोजनार्थ १.०६ प्रतिशत नगद र महुली लघुवित्तले चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न एनसीसी बैंकले पुस २९ गते, विजय लघुवित्तले पुस २४ गते र महुली लघुवित्तले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ पुस २०७८, आइतबार  १० : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।