साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस सूचीकृत

0
Shares

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (STC) को बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ३ लाख ८४ हजार ५८३ कित्ता बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

सूचीकृत उक्त बोनस सेयरधनीको हितग्राही खातामा आएपछि खरीद बिक्री गर्न सक्नेछन् ।

कर्पोरेशनले गत कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर पारित भएको थियो । सोही बोनस नेप्सेमा सूचीकृत भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।